Bhumi – Bringing the True Taste of Nepal to Japan

भूमि - नेपालको वास्तविक स्वाद जापानमा

Aug 13, 2025

पौष्टिक। परम्परागत। 

नेपाली खाना स्वाद मात्र होइन—यो सम्झना, आत्मीयता र आफ्नो नेपालसँगको गहिरो सम्बन्ध हो।

फलामको कराईमा पाकिरहेको दालको वासनादेखि चिउरासँग खाएको अचारको अमिलो स्वादसम्म, यी यस्ता स्वाद हुन् जसले तपाईं जहाँ भए पनि घर नजिक ल्याउँछन्।

र अब, जापानमा बस्ने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू—तपाईं इलामको डाँडाबाट आउनुभएको होस्, भक्तपुरको गल्लीबाट होस् वा जुम्लाको फाँटबाट—अब घर टाढा भएको महसुस गर्नु पर्दैन।


 


जापानमा भूमिको परिचय 

खुसीको खबर: भूमिको उत्पादन अब जापानमा उपलब्ध छ! 

तपाईंको भान्सामा नेपाली खाना

तपाईं हजारौं किलोमिटर टाढा हुनुहुन्छ होला, तर अब जापानमै भूमिको सामान पाइने भएकोले, घर टाढा भएको महसुस हुनेछैन।


अब तपाईंका सबै मनपर्ने परिकारहरू सजिलै बनाउन सक्नुहुन्छ:


  •  गुन्द्रुकको झोल

  •  सादेको भटमास

  •  चम्सुरको चिया, चम्सुर दानाको खीर

नेपालबाट टाढा भएर पनि, आमाको हातले पकाएको दाल-भातको स्वाद खोज्ने विद्यार्थीलाई होस्, वा आफ्नो बच्चालाई नेपाली खाना पकाउन सिकाउने आमालाई होस्—हरेकको जिब्रोको स्वाद र हरेकको मनको भावना बुझेर भुमि जापानमा आएको छ।

नेपालको मुख्य भागबाट हातले छानिएका 

भुमिले नेपाली किसान र कालीगढहरूबाट सीधै सामान लिन्छ, जसले गर्दा स्वाद मात्र होइन, त्यहाँको माटो र संस्कृति पनि सुरक्षित रहन्छ।

भुमिका हरेक उत्पादनले हाम्रो प्रामाणिक नेपाली स्वाद र गुणस्तरको प्रतिबद्धता देखाउँछ—खेतदेखि भान्छासम्म।

हाम्रो सामग्रीहरू घरमा जस्तै घाममा सुकाएर, कुहाएर, भुटेर र ध्यान दिएर प्याक गरिन्छ।


हाम्रो विशेष सामग्रीहरू 

  • लाप्सी धुलो: यो अमिलो र स्वादिलो हुन्छ। अचार, तरकारी, तामा र पानीपुरीको लागि पनि एकदमै राम्रो हुन्छ।

  • रायको गुन्द्रुक:पहाडको चिनारी र गौरव मानिने यो गुन्द्रुक, अब तपाईंको भान्सामा: कहिले झोल बनाएर, त कहिले स्वादिलो अचारमा।
  • चम्सुर (गार्डेन क्रेस): आइरनले भरिपूर्ण यो साग, रोग निको पार्न र स्वस्थ रहनको लागि एकदमै राम्रो मानिन्छ।

  • भटमास (सेतो, कालो र खैरो): प्रोटिनले भरिपूर्ण यो भटमास, तरकारी, सलाद र परम्परागत सादेको बनाउन एकदमै राम्रो हुन्छ।
  • जुम्ली सिमी (रातो, कालो र मिक्स): हिमालको चिनारी, अब तपाईंको जापानी भान्सामा उपलब्ध छ।

देश-विदेशको मनलाई जोड्दै 

नेपालबाट टाढा रहेका हरेक नेपालीको लागि

गुन्द्रुकको अचार वा झोलको त्यो स्वाद, भुटेको भटमासको जस्तो वासना—यसले परिवारसँग हाँसेर खाएको खाना र आमाको भान्साको सम्झना ताजा गराइदिन्छ।

अब जापानमा, भुमिले यही भावनात्मक दूरीलाई नजिक ल्याएको छ।

अब केही छुट्दैन, पर्खनु पनि पर्दैन, स्वादको लागि मन मार्नु पनि पर्दैन।

जुन स्वादको लागि तपाईंको मन तरसेको थियो, त्यो सबै यहाँ छ—प्रामाणिक, शुद्ध, र मायाले भरिएको।



भुमिसँग नयाँ परिकार बनाउने तरिका 

  • गुन्द्रुकको झोल: पहाडको न्यानोपन र अमिलोपनको स्वाद

  • सादेको भटमास: हरेक गाँसमा पुरानो याद र स्वाद

  • चटनी: घरकै स्वाद, खदिलो र अमिलो-गुलियो

  • लप्सी: अमिलो स्वादको लागि

  • मिक्स दाल: स्वादिष्ट र पौष्टिक दालको झोल



  • चम्सुरको सुप: स्वास्थ्यको लागि पोषिलो र बल दिने झोल

अब सजिलै पाइन्छ– घरको यादले सताउने छैन 

पहिले नेपालबाट कोही आउँदा, झोलामा अलिकति गुन्द्रुक वा लाप्सी ल्याइदेला कि भनेर महिनाैं कुर्नुहुन्थ्यो। अब त्यसो गर्नु पर्दैन।





जापानमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई 

  • भूमिका उत्पादनले आफ्नो भान्सालाई सजाउनुहोस्।
  • दशैं र तिहारमा घरको स्वादको आनन्द लिनुहोस्।

भुमि एउटा नाम मात्रै होइन, यो नेपालको पहिचान हो, जुन अब जापानमै पाउन सकिन्छ।  

तपाईं संसारको जुनसुकै कुनामा हुनुहोस्,भूमिको वास्तविक स्वाद र विश्वसनीय गुणस्तरले नेपाललाई सधैँ तपाईंको भान्सामा ल्याउँछ।

थप लेख