रद्द र फिर्ता नीति
अर्डर पुष्टि भएपछि ग्राहकको व्यक्तिगत कारणले रद्दीकरण (cancellation) हामी सामान्यतया स्वीकार गर्न सक्दैनौं, न त सामान प्राप्त गरिसकेपछि फिर्ता(return) नै लिन सक्छौं। कृपया ध्यान दिनुहोस् कि 'डेलिभरी लिन अस्वीकार' गर्नुलाई रद्दीकरण मानिनेछैन। यदि तपाईंले आफ्नो व्यक्तिगत कारणले—जस्तै लामो समयसम्म अनुपस्थिति, डेलिभरी लिन अस्वीकार, गलत दर्ता भएको ठेगाना वा फोन नम्बर (अन्तर्राष्ट्रिय फोन नम्बर सहित), वा पुन: डेलिभरीको लागि अनुरोध गर्न नसक्नु—जस्ता कारणले प्याकेज लिन सक्नुभएन भने, हामी तपाईंलाई दुईतर्फी ढुवानी शुल्क(return shipping fee covering both ways) लिनेछौं। यो कुरा कृपया पहिले नै जानकारी पाउनुहोला।
रद्दीकरणको सम्बन्धमा
अर्डर पुष्टि भएपछि ग्राहकको व्यक्तिगत कारणले हामी रद्दीकरण(cancellation) स्वीकार गर्दैनौं।यसका साथै, हामी अर्डरका सामग्रीहरू, भुक्तानी विधि, ठेगाना, फोन नम्बर आदिमा परिवर्तन गर्न, फरक अर्डर नम्बर भएका सामानहरूलाई एकै ठाउँमा मिलाएर पठाउन, भएको अर्डरमा थप सामान जोड्न वा एउटै अर्डरलाई टुक्रा पारेर पठाउन(split shipments) पनि सक्दैनौं।
निम्न अवस्थाहरूमा हामी अर्डर रद्दीकरण गर्नेछौं।
- अर्डरकर्ता वा डेलिभरी ठेगाना अपुरो भएमा
- हाम्रो स्टोरबाट सोधिएको प्रश्नको उत्तर नआएमा
- तपाईंले तोक्नुभएको डेलिभरी मिति वा अन्य मागहरू पूरा गर्न नसकिएमा
- प्राकृतिक प्रकोप जस्तै: भूकम्प, आँधीबेहरी, भारी हिउँ आद वा सरुवा रोगका कारण डेलिभरी गर्न असम्भव भएमा
- अर्डर सङ्ग्रह (Hoarding) को लागि भएको निर्धारण गरेमा
- यदि अर्डर गरिएका सबै सामानहरू स्टकमा नभई पठाउन असम्भव भएमा
लामो समयसम्म उपस्थित नहुँदा सामान फिर्ता भएमा
प्रत्येक डेलिभरी कम्पनीको सामान होल्ड गर्ने अवधिहरू निम्न छन्। (टाढाका टापुहरू जस्ता केही विशेष अवस्थामा फरक नियम लागू हुन सक्छ।)
- सागावा एक्सप्रेस (Sagawa Express) सामान्य तापक्रमको लागि सेवा:सुरुको डेलिभरी मिति सहित ८ दिन
- सागावा एक्सप्रेस (Sagawa Express) रेफ्रिजरेटेड सेवा: सुरुको डेलिभरी मिति सहित ४ दिन
- सागावा एक्सप्रेस (Sagawa Express) फ्रोजन सेवा: सुरुको डेलिभरी मिति सहित ४ दिन
- जापान पोस्ट: सुरुको डेलिभरी मिति सहित ७ दिन
यदि तपाईंको प्याकेज हाम्रो नियन्त्रणभन्दा बाहिरको परिस्थितिको कारणले फिर्ता गरियो भने - जस्तै लामो समयसम्म अनुपस्थिति, डेलिभरी अस्वीकार, गलत ठेगाना, अपूर्ण फोन नम्बर(अन्तर्राष्ट्रिय नम्बरहरू सहित), वा पुन: डेलिभरीको व्यवस्था गर्न असफलता - तपाईंको अर्डर फिर्ता गरिनेछ। हामी फिर्ता गरिएका वस्तुहरू पुन: पठाउन सक्दैनौं। कृपया ध्यान दिनुहोस् कि राउन्ड-ट्रिप ढुवानी शुल्क लगाइनेछ।
फिर्ता र साटासाट(exchange)
अनलाइन पसलबाट खरिद गरिएका सामानहरूको फिर्ता र साटासाट(exchange) तल दिइए अनुसार गरिनेछ। ※अनलाइन पसल बाहेक अन्य ठाउँबाट खरिद गरिएका सामानका लागि, कृपया तपाईंले सामान किन्नुभएको सम्बन्धित स्टोरमा सिधै सम्पर्क गर्नुहोस्।
【ग्राहकको कारणले】
हामी ग्राहकको रोजाइ(preference) मा आधारित कारणहरूले गर्दा सामान फिर्ता स्वीकार गर्दैनौं। यसमा ग्राहकले अपेक्षा गरे अनुसार सामान नभएमा, मन परिवर्तन भएमा वा सामान चाहिएन भने, भुलवश(गलतीले) अर्डर गरिएको भएमा, वा वेबसाइटबाट अर्डर गरेपछि ग्राहकले अन्यत्र—जस्तै अम्बिकाको भौतिक स्टोरमा—पनि त्यही सामान खरिद गरेमा जस्ता अवस्थाहरू समावेश छन्। यी सबै अवस्थामा, वेब अर्डर रद्दी(cancel) गर्न वा डेलिभरी लिन अस्वीकार गर्न मिल्दैन।
【हाम्रो स्टोरको गल्तीले】
• यदि तपाईंले पाउनुभएको सामान बिग्रिएको(damaged), दोषपूर्ण(defective) वा गलत(incorrect) छ भने, डेलिभरी भएको ८ दिनभित्र हामीलाई सम्पर्क गर्नुहोस्।
• हामीलाई सम्पर्क गर्नु अघि नै यदि तपाईंले सामान फालिसक्नु भएको छ भने, वा सामानमा भएको खराबी/दोष प्रमाणित गर्न नसकिएमा हामी साटासाट वा पैसा फिर्ता गर्न सक्दैनौं।
• कृपया ध्यान दिनुहोस् कि यदि तपाईंले हामीलाई सम्पर्क गरेपछि पूर्ण मात्रा फिर्ता भएको पुष्टि गर्न सकेनौं भने, हामी साटासाट वा फिर्ता प्रक्रिया गर्न सक्दैनौं।
※ क्षति वा दोष प्रमाणित गर्नका लागि, कृपया आफ्नो अर्डर मिति, अर्डर नम्बर र नामको साथमा तस्बिरहरू(images) उपलब्ध गराउनुहोस्।
≪Sample of required images≫
※अर्डर गर्ने व्यक्तिले सम्पर्क गरेपछि मात्र सामान फिर्ता र साटासाट स्वीकार गरिनेछ।
- हामी तपाईंलाई सामान फिर्ता गर्ने ठेगाना उपलब्ध गराउनेछौं। कृपया हामीले तोकेको ठेगानामा सामान फिर्ता गर्नुहोस्।
- फिर्ता ढुवानी खर्च(return shipping costs) र ह्यान्डलिङ शुल्क(handling fees) हामी बेहोर्नेछौं।
- फिर्ता ढुवानी र ह्यान्डलिङ शुल्क हामीले बेहोरे तापनि, यदि तपाईंले साटिएका सामानहरू पहिलेको खरिद ठेगानाभन्दा फरक ठेगानामा पठाउन अनुरोध गर्नुभयो भने, ढुवानी शुल्क लाग्नेछ।
- सामानको मूल्यको हकमा, फिर्ता आएको सामान हामीले प्राप्त गरेको पुष्टि भएपछि, हामी तपाईंको पैसा पुरानै भुक्तानी विधि(original payment method) अनुसार फिर्ता(refund) गर्नेछौं।
फिर्ता प्रक्रियाहरू
क्रेडिट कार्ड(Credit Card):
पैसा फिर्ता(Refund) भुक्तानीका लागि प्रयोग गरिएको क्रेडिट कार्ड मार्फत गरिनेछ।हाम्रो तर्फबाट पैसा फिर्ताको प्रक्रिया २ देखि ३ कार्य दिन(business days) लाग्छ र सोही समयमा तपाईंलाई फिर्ताको सूचना पठाइनेछ। तपाईंको कार्ड सम्झौता अनुसार फिर्ता आउने समय फरक हुन सक्छ र यसमा लगभग दुई हप्तासम्म लाग्न सक्छ। यदि फिर्ताको सूचना प्राप्त भएको दुई हप्तासम्म पनि तपाईंले पैसा पाउनुभएन भने, कृपया आफ्नो कार्ड जारी गर्ने बैंक(card issuer) मा सम्पर्क गर्नुहोस्।
क्यास अन डेलिभरी(Cash on Delivery):
फिर्ता रकम 'अम्बिका पोइन्ट्स'(Ambika Points) को रूपमा जारी गरिनेछ। कृपया यो कुरा ध्यान दिनुहोला।
※ हामी भौतिक(physical) स्टोरहरूमा अनलाइन खरिद प्रक्रिया गर्न सक्दैनौं, न त अनलाइन स्टोर मार्फत भौतिक स्टोरको खरिद प्रक्रिया नै गर्न सक्छौं।
अनलाइन पसलबाट गरिएका खरिदहरूको सोधपुछका लागि सम्पर्क
Ambika Online Shop Sales Team
Email: support@ambikamail.com
- रेकर्डका लागि, हामी यो इमेलमार्फत आउने सोधपुछहरूलाई मात्र हेर्नेछौं।
- हामीले फोन वा अन्य विभागहरूबाट जवाफ दिन नमिल्ने भएकोले, कृपया 'Ambika Online Shop Sales Team' लाई इमेल मार्फत सम्पर्क गर्नुहोस्।
कारोबार सहज बनाउनका लागि, कृपया हामीलाई सम्पर्क गर्दा निम्न जानकारीहरू समावेश गर्नुहोस्:
- अर्डर मिति
- अर्डर नम्बर
- तपाईंको नाम
- दर्ता गरिएको इमेल ठेगाना
- बिग्रिएका वा खराब सामानका लागि: तिनीहरूको अवस्था देखिने तस्बिरहरू
- यदि सामान क्षतिग्रस्त वा दोषपूर्ण छ भने, तपाईंको मनपर्ने समाधान विधि (राम्रो सामानसँग साटासाट / फिर्ता र पैसा फिर्ता)