Diwali: The Festival of Lights – Celebrating Traditions!

दिवाली: उज्यालो र परम्पराहरूको उत्सव!

Oct 17, 2025

दिवाली, अर्थात् 'उज्यालोको चाड', भारतको सबैभन्दा सुन्दर र ठूलो पर्व हो। यसले संसारभरिका हिन्दू, शिख र जैनहरूलाई अँध्यारोमाथि उज्यालो, खराबमाथि असल र अज्ञानमाथि ज्ञानको विजय मनाउन जोड्छ।

दिवाली किन मनाइन्छ?

दिवालीको आधार धेरै पुराना कथाहरू हुन्, तर सबैभन्दा प्रसिद्ध कथा भारतको ठूलो महाकाव्य 'रामायण' मा पाइन्छ। यो कथा राजकुमार राम १४ वर्षको वनवासपछि, राक्षस राजा रावणलाई जितेर र सीतालाई बचाएर अयोध्या फर्किएको विषयमा छ।

अयोध्याका जनताले हजारौँ माटाका दियो बालेर आफ्ना राजकुमारलाई स्वागत गरे। यसले गर्दा पूरै सहर उज्यालो भयो— जुन परम्परा आज पनि चलिरहेको छ।

 


भारतमा दिवाली कसरी मनाइन्छ?

भारतमा दिवालीलाई पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ, जसमा प्रत्येक दिनमा विशेष पूजा, रीतिरिवाज र उमङ्ग हुन्छ। यो देशव्यापी बिदा हो, र यस अवसरमा घरहरूलाई दियो तथा आकर्षक बत्तीहरूले सिङ्गारिन्छ। परिवारहरूले नयाँ वस्त्र धारण गर्छन्, धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गर्छन्, मीठा परिकारहरू तयार गर्छन्, कोसेली साटासाट गर्छन् र प्रियजनहरूसँग रमाइलो आतिशबाजीको आनन्द लिन्छन्।

भारतका विभिन्न ठाउँमा दिवाली कसरी मनाइन्छ:


 

 

उत्तर भारत

भगवान् राम फर्किएको उपलक्ष्यमा मानिसहरू चम्किला पटाका र दियो बालेर खुसी मनाउँछन्।साथीभाइ र परिवारसँग मीठा परिकार र उपहार साटासाट गर्नु पनि एउटा मुख्य परम्परा हो।

पश्चिम भारत (गुजरात र महाराष्ट्र)

लक्ष्मी पूजा, रङ्गीन रङ्गोली र chakli अनि shakarpara जस्ता विशेष परिकारले यो पर्व मनाइन्छ। गुजरातमा भने, मानिसहरू यस बेला प्रसिद्ध गरबा र डाँडिया रास पनि नाच्छन्।

दक्षिण भारत

यस दिन परिवारहरू बिहान सबेरै तेल लगाएर नुहाउने चलन छ। त्यसपछि उनीहरू चामलको पीठो प्रयोग गरी बनाइएका आकर्षक रङ्गोली (जसलाई 'कोलम' भनिन्छ) ले घरहरू सजाउँछन्। परम्परागत मिठाईहरू जस्तै 'मुरुक्कु', 'अधिरसम' 'लड्डु' बनाएर छिमेकी तथा इष्टमित्रलाई बाँडिन्छ।

पूर्वी भारत (पश्चिम बंगाल)

यो क्षेत्रमा दिवालीको समयमा काली पूजा पनि पर्छ, जहाँ भक्तहरूले उज्यालो बनाइएका मूर्ति, प्रार्थना र सांस्कृतिक कार्यक्रममार्फत देवी कालीको पूजा गर्छन्। जसले गर्दा यो पर्वमा गहिरो आध्यात्मिक अनुभूति हुन्छ।

मध्य भारत

यो क्षेत्रमा दिवाली बाली भित्र्याउने (हिउँदेबाली काट्ने) मौसमसँग मिल्छ, जहाँ किसानहरू आफ्ना गाईवस्तुको पूजा गरेर र समृद्धि तथा नयाँ सुरुवातको प्रतीकको रूपमा अगेना (बोन्फायर) बालेर आभार व्यक्त गर्छन्।


 

 

तिहार – नेपालको उज्यालोको चाड

नेपालमा दिवालीलाई तिहार वा यमपञ्चकको रूपमा मनाइन्छ, जुन देशको एक प्रमुख चाड हो। यो पाँच दिने पर्व हो। तिहारमा हरेक दिन फरक जनावर र भगवान्को पूजा गरिन्छ, जसले सबै प्राणीप्रतिको गहिरो आदरलाई झल्काउँछ।I

हरेक दिनको उत्सव यसप्रकार छ:

   पहिलो दिन – काग तिहार: कागहरूलाई यमराजको सन्देशवाहक मानेर सम्मानका साथ खानेकुरा दिइन्छ।

       दोस्रो दिन – कुकुर तिहार: कुकुरहरूलाई उनीहरूको निष्ठा र मित्रताको सम्मान गर्दै माला र निधारमा टीका लगाइन्छ।

       तेस्रो दिन – गाई तिहार र लक्ष्मी पूजा: बिहान गाईको पूजा गरिन्छ र त्यसपछि साँझमा देवी लक्ष्मीको आराधना गरिन्छ। घरहरू तेलको दियोले उज्यालो पारिन्छ।

       चौथो दिन – गोरु तिहार: किसानहरूले कृषि कार्यमा गोरु (हल गोरु) र साँढेको कडा परिश्रमको कदर गर्दै पूजा गर्छन्।

       पाँचौँ दिन – भाइ टीका: यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाएर दीर्घायुको आशीर्वाद दिन्छन् र भाइबहिनीको विशेष सम्बन्धलाई उत्सवको रूपमा मनाउँछन्।

तिहारको समयमा, काठमाडौँजस्ता सहरहरू पनि भारतको दिवालीजस्तै दियो, संगीत र उमङ्गले झिलिमिली हुन्छन्।


 

2. खिर

सामग्रीहरू:

       चामल (बासमती वा सेतो): 1/4 cup

       दूध: 4 cups (1L)

       चिनी: 4–6 tbsp

       अलैंचीको धुलो: 1/2 tsp

       काजू, बदाम, पिस्ता, किसमिस: प्रत्येक 1 tbsp

       केसर(optional): एक चुट्की

चरणहरू :

  1. चामललाई धुनुहोस् र ३० मिनेट भिजाउनुहोस्। दूध उमाल्नुहोस्, चामल थप्नुहोस्, र मध्यम आगोमा २५-३० मिनेटसम्म नरम नभएसम्म पकाउनुहोस्।

  2. चिनी थप्नुहोस् र बाक्लो नभएसम्म पकाउनुहोस्। अलैंची, केसर र बदाम मिसाउनुहोस्।

  3. यसलाई तातो वा चिसो दुवै तरिकाले खान सकिन्छ।


 

भारत, नेपाल र जापानसम्म यो सन्देश एउटै छ — अन्धकार र अज्ञानतामाथि प्रकाश, भलाइ र ज्ञानको विजय मनाउनु।

दिवालीमा (वा तिहारमा) धन, समृद्धि र नयाँ सुरुवातकी देवी लक्ष्मीको पूजा पनि गरिन्छ। यो नयाँ काम थाल्ने, प्रियजनहरूसँग दियो बाल्ने र खुसी बाँड्ने मिठाई बाँड्ने उत्तम समय हो।


अम्बिका जापानसँग दिवाली (वा तिहार) मनाउनुहोस्।

अम्बिका जापानमा तपाईंले घरकै जस्तो प्रामाणिक स्वाद बनाउन चाहिने सबै कुराहरू पाउनुहुनेछ — मसला र पीठोदेखि शुद्ध घिउ र बासमती चामलसम्म।

यस दिवाली (वा तिहारमा), भारतको संस्कृतिलाई आफ्नो भान्सामा भित्र्याउनुहोस्। परम्परागत मिठाईहरू बनाउनुहोस्, दियोले घर उज्यालो पार्नुहोस्, र यो चाडको खुसी परिवार तथा साथीहरूसँग बाँड्नुहोस्।

Wishing you all a warm and joyful Diwali – filled with light, love, and sweetness!

 

थप लेख